कला


‘इन्डियन आइडल-१२’ का विजेता पवनदीप दुर्घटनामा घाइते

‘इन्डियन आइडल-१२’ का विजेता पवनदीप दुर्घटनामा घाइते

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १८:५, काठमाडौँ

भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ १२ का विजेता पवनदीप दुर्घटनामा परेका छन्। आज बिहान ३:४० बजे अहमदाबादमा उनी कार दुर्घटनामा परेका हुन्।

दुर्घटनामा परेर उनी गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पवनदीपलाई डाक्टरहरुले उपचार गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रशंसक र फ्यानहरु चिन्ता र प्रार्थना गरिरहेका छन्।  

दुर्घटनाको सही कारण अझै पुष्टि हुन सकेको छैन, भाइरल भिडिओका दृश्यहरूले उनको बायाँ खुट्टा र दाहिने हातमा चोटपटक लागेको देखाउँछ। 

उनी हाल उपचार गराइरहेका छन्, यद्यपि अस्पतालका अधिकारीहरू वा उनको टोलीले यो लेख लेख्दासम्म उनको स्वास्थ्य अवस्थाको बारेमा आधिकारिक अपडेट जारी गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad