कला


भोलि हुँदैछ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को फिनाले

भोलि हुँदैछ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को फिनाले

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १३:१३, काठमाडौँ

सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को फिनाले भोलि हुँदैछ। बुधबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा हुने चौथो संस्करणको फिनालेमा विजेताहरु घोषणा गरिनेछ।

यसवर्षको फिनालेमा महिला र पुरुषसहित २७ प्रतिस्पर्धी छन्। जहाँ उनीहरुले ६ वटा अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा मिस सुप्रानेसनल, मिस्टर सुप्रानेसनल, मिस ग्लोब, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिज्म र मिस इन्टरकन्टिनेन्टल रहेका छन्। 

यसअघि प्रतियोगिताको सबटाइल राउन्डहरु सम्पन्न भइसकेका छन्। जहाँ उत्कृष्ट प्रतियोगिको नाम समेत घोषणा भइसकेको छ। टप मोडल राउन्डबाट महिलातर्फ रिजु भट्टराई, वर्षा थापा, युक्ता सिंह, अनिशा श्रेष्ठ, दिक्षा अवस्थी, रविना जिसी, सिल्भिया शर्मा, सुम्निमा पुरी टप ८ भित्र अटाए। 

पुरुषतर्फ भने सिद्धार्थ तामाङ, साइरस विश्वकर्मा, अजहार आलम, जीवन कुमार उप्रेती, तेस्वाङ शेर्पा, सिजल कापली, प्रयाग रेग्मी, क्रिशल श्रेष्ठ छनोट भए।

स्विम वेयर राउन्डको महिलातर्फ सुम्निमा पुरी, सिल्भिया शर्मा, अनिशा श्रेष्ठ, दिक्षा अवस्थी, रिजु भट्टराई, रविना जिसी, अञ्जना शेर्पा र मनिषा पन्त टप ८ मा परे। त्यस्तै, पुरुषतर्फ टप ८ मा जीवन तामाङ, मनिश शाह, सिद्धार्थ तामाङ, साइपस विश्वकर्मा, सिजल कापली, घनश्याम कंडेल, प्रयाग रेग्मी, क्रिशल श्रेष्ठले स्थान बनाए।

त्यस्तै, आइतबार भएको ट्यालेन्ट राउन्डमा महिलातर्फ ५ र पुरुषतर्फ ५ जना छनोट गरियो। पुरुषतर्फ जीवन कुमार उप्रेती, साइप्रस विश्वकर्मा, क्रिशल श्रेष्ठ, सिजल कापली र सिद्धार्थ तामाङ टप ५ मा परे। त्यस्तै, महिलातर्फ दिक्षा अवस्थी, सुम्निमा पुरी, युक्ता सिंह,रिजु भट्टराई स्वेछा ढकाल शीर्ष पाँचमा परे।  

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले यस वर्षको संस्करणबाट निकै आशावादी रहेको बताए। उनले यसवर्षको फिनाले अझै भव्य हुने समेत दाबी गरे। नोभेम्बर क्लोथिङको चौथो सिजनको ट्रु डर्मा र महिन्द्रा अग्नि समूहले सहकार्य गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad