कला


‘मिसेस भोग नेपाल’ की विजेता डा.सुमी मल्ललाई बैंककमा २ उपाधि

‘मिसेस भोग नेपाल’ की विजेता डा.सुमी मल्ललाई बैंककमा २ उपाधि

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १२:९, काठमाडौँ

‘मिसेस भोग नेपाल–२०२५’ को दोस्रो संस्करणकी विजेता डा.सुमी मल्लले बैंककमा दुईवटा अन्तर्राष्ट्रिय उपाधि जितेकी छिन्। गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा।मल्लले दुई महत्वपूर्ण उपाधि हात पारेकी हुन्। 

मंगलवार काठमाडौंमा हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। वरिष्ठ दन्त चिकित्सकको रुपमा कार्यरत डा।मल्लले उक्त प्रतियोगितामा मिसेस इन्स्पिरेश्नल तथा सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भएकी छिन्।

पत्रकार सम्मेलनमा उक्त प्रतिस्पर्धामा जितेको क्राउन लगाएरै प्रस्तुत मल्लले विश्वका विभिन्न २५ देशका प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धा गरेर दुई महत्वपूर्ण उपाधि जित्न सफल भएर नेपालको नाम राख्न सफल भएको बताइन्। 

‘मुख्य उपाधि रसियाकी प्रतिस्पर्धिले जित्नु भयो, त्यो क्षण उहाँको पक्षमा रह्यो, तर नेपाली प्रतिस्पर्धिको रुपमा मैले पनि उत्कृष्ट प्रस्तुति दिन सफल भएँ, मुख्य उपाधि जित्न नसके पनि सेकेण्ड रनर्स अप तथा मिस इन्स्पिरेश्नल ९सबैभन्दा प्रेरणादायी० को अवार्ड जित्नु आफैँमा उपलब्धिमूलक रहेको ठानेकी छु,’मल्लले भनिन्।

‘मिसेस भोग नेपाल २०२५’ को आयोजक संस्था हाउस अफ फेसन नेपालकी संस्थापक निर्देशक ओशिमा बानुले प्रतियोगितामा नेपालका लागि दुई महत्वपूर्ण उपाधि जित्न सफल हुनुमा डा.सुमी मल्लको समर्पण, सौन्दर्य र अदम्य आत्माले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गर्वित तुल्याएको धारणा व्यक्ति गरिन्। 

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ को ग्राण्ड फिनाले गत मे १ अर्थात वैशाख १८ गते थाईल्यान्डको जीवन्त सहर बैंककमा आयोजना भएको थियो। 

पत्रकार सम्मेलनमा हाउस अफ फेसनले तेस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२६’ को घोषणासमेत गरेको छ। आगामी जनवरीमा आयोजना हुने उक्त प्रतियोगितामा विवाहित नेपाली नारीहरुले प्रतिस्पर्धा गर्न सक्ने हाउस अफ फेसन नेपालले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad