कला


‘जार’पछि झुमा भन्छिन्ः २५ वर्षपछि आफूले भनेजस्तो काम गर्न पाएँ

‘जार’पछि झुमा भन्छिन्ः २५ वर्षपछि आफूले भनेजस्तो काम गर्न पाएँ

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १४:५८, काठमाडौँ

गायिका तथा संगीतकार झुमा लिम्बूले फिल्म ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन्। २५ वर्षपछि आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ।

‘म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो, चलचित्र हो जार । मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन। त्यसै जारमा काम गरेँ।’

आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाइ छ। ‘२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ। पूरै त चित्त बुझ्दो रहेनछ। अलिअलि चाहिँ चित्त बुझेको छ। जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ।’

प्रिमियरमा चलचित्र ‘जार’ हेर्ने अधिकांशले यसको गीत र संगीतको खुलेर तारिफ गरेका छन्। लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला र लिम्बू समुदायको संस्कृति र संस्कार, लय र तालमा झुमाले यसको गीत र संगीत तयार पारेकी छन्। जसको सिनेमा हेर्ने दर्शकले खुलेर प्रशंसा गरेका हुन् ।

‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो। ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ। त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन्।

यस फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ। चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। यो फिल्म भोलिबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad