भारतीय फिल्म ‘हिट: द थर्ड केस’ ले राम्रो कमाइ गरेको छ। यस फिल्मले विश्वव्यापी बक्सअफिसमा एकसय करोड भन्दा धेरै भारतीय रुपैयाँको आकंडा पार गरेको हो।
नानी जबरदस्त एक्सनले दर्शकहरूलाई थिएटरतिर आकर्षित गरिरहेको छ। पहिलो दिन यस फिल्मले घरेलु बक्सअफिसमा २०.२५ करोड रुपैयाँ भारु ओपनिङ गरेको थियो।
११ औं दिनसम्ममा, फिल्मले विश्वव्यापी बक्स अफिसमा १०५ करोडको आँकडा पार गर्यो। यो उपलब्धिले दक्षिण भारतीय सिनेमाको बढ्दो विश्वव्यापी लोकप्रियतालाई देखाउँछ।
नानीले फिल्ममा अर्जुन सरकारको भूमिकामा छन्, जो एक प्रहरी अधिकारी (आईपीएस) अर्जुन, जो जम्मू कश्मीरमा स्थानान्तरण भएपछि सिरियल किलरहरूको गिरोहलाई पछ्याउँछन्।
यो फिल्म सन् २०२० मा रिलिज भएको ‘हिट’ को तेस्रो श्रृंखला हो। पहिलो फिल्मको सफलतासँगै सन् २०२२ मा ‘हिटस् द सेकेन्ड केस’ आएको थियो।
Shares

प्रतिक्रिया