कला


‘के घर के डेरा : घर नं २’को अग्रिम बुकिङ खुला, कति पायो शो?

‘के घर के डेरा : घर नं २’को अग्रिम बुकिङ खुला, कति पायो शो?

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १४:२५, काठमाडौँ

फिल्म ‘के घर के डेराः घर नं २’को अग्रिम बुकिङ खुला भएको छ। जेठ २ गते रिलिज हुने फिल्मको मंगलबार साँझदेखि अग्रिम बुकिङ खुला गरिएको हो।
 
यस फिल्मले देशभरिका हलबाट उच्च शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरिका आउटलेटमा ४७ शो उपलब्ध गराएको छ।

आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ शो दिएको छ। वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो दिएको छ। एफक्यूबले चार पनि शो उपलब्ध गराएको छ।

अन्य मल्टिप्लेक्सले ‘के घर के डेरास् घर नं २’लाई शो उपलब्ध गराएका छन्। चलचित्र वितरक करण श्रेष्ठका अनुसार केही हलहरूले शो खोल्ने बाँकी रहेको जानकारी दिए। उनका अनुसार आज र भोलि बिहानसम्ममा देशभरका हलहरूको शो यकिन तथ्यांक आउने बताए। 

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ।

यस फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो स्क्रिप्ट हो। चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको फिल्मको कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। यस फिल्मले घर र डेराको कथा भन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad