प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘ऐरी’ को छायांकन सुरु भएको छ। आजबाट पश्चिम बागलुङको ढोरपाटन उपत्यकाबाट फिल्मको सुटिङ सुरु गरिएको हो।
केही दिनपछि भने छायांकन सेटमा अभिनेता धिरज मगर र २० दिनपछि भुटानी कलाकार साँगे सेल्ट्रिम जोडिने टिमले जनाएको छ। ढोरपाटनको सुटिङ सकिएसँगै काठमाडौं र भारतमा फिल्म खिँचिनेछ।
जीवन थापाको निर्देशन रहेको यो फिल्मको १ वर्ष लाग्नेछ। यो फिल्म नेपालीसहित हिन्दी भाषामा समेत रिलिज हुनेछ।
102
Shares

प्रतिक्रिया