कला


छायाकार वीरेन्द्र भट्ट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

छायाकार वीरेन्द्र भट्ट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त

नेपालखबर
जेठ २, २०८२ शुक्रबार ९:३२, काठमाडौँ

छायाकार वीरेन्द्र भट्ट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त चलचित्र विकास बोर्डको सदस्यमा छायाकार वीरेन्द्र भट्ट नियुक्त भएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले उनी बिहीबार सदस्यमा नियुक्त भएका हुन्।

उनले बिहीबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको हातबाट नियुक्ति पत्र लिइसकेका छन्।

नियुक्तिको पत्र बुझेपछि भट्टले बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारको कार्य गर्न लागी पर्ने बताए।

भट्ट लामो समयदेखि फिल्म क्षेत्रमा प्राविधिकका रूपमा सक्रिय छन्।

डोटी जिल्लामा जन्मिएका भट्टले ठुलो पर्दाका चलचित्र धुन,आरोप, चिहानलगायत आधा दर्जनभन्दा बढीको छायांकन गरेका छन्।

यसअघि बोर्ड सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका थिए।

बोर्डमा अझै एक सदस्य पद रिक्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad