कला


इरानी पप गायक तातालुविरुद्ध मृत्युदण्डको फैसला

इरानी पप गायक तातालुविरुद्ध मृत्युदण्डको फैसला

नेपालखबर
जेठ ४, २०८२ आइतबार ९:३०, काठमाडौँ

इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहलाई निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।

सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुस्लिम धर्म र यसका प्रवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो।

सर्वोच्च अदालतले त्यो फैसला उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

न्यायपालिकाका प्रवक्ता असगर जहाँगिरले भने, ‘यो फैसला अब पुष्टि भएको छ र कार्यान्वयनका लागि तयारी भइरहेको छ।’

उनले थपे, ‘पप गायक तातालुका वकिलले पुन सुनुवाई र क्ष्मादानका लागि दुई अनुरोधहरू दायर गरेका छन्र यो हाल पुनरवलोकनको क्रममा छ।’

‘यी अनुरोध औपचारिक रूपमा दर्ता भएका छन् र पुनरवलोकनका क्रममा छन्’, जहाँगिरले भने, “उचित समयमा निर्णय घोषणा गरिनेछ।’

जहाँगिरले पहिलोपटक जनवरीमा मृत्युदण्डको घोषणा गरे पनि फैसला अन्तिम नभएको उल्लेख गरेका थिए। 

इरानी गायकलाई ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रोपोगान्डा’ फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। उनले अहिले उक्त सजाय भुक्तानी गरिरहेका छन्। 

तातालुलाई स्वर्गीय राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञहरूको सहयोग थियो।

सन् २०१५ मा उनले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गरेका थिए, जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेका थिए।

पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad