कला


‘राजागंज: पूजा सर’ स्विट्जरल्यान्डमा प्रदर्शन

‘राजागंज: पूजा सर’ स्विट्जरल्यान्डमा प्रदर्शन

नेपालखबर
जेठ ४, २०८२ आइतबार १२:४२, काठमाडौँ

नेपाली फिल्म ‘राजागंज पूजा, सर’ अहिले स्विटरल्यान्डका प्रमुख फ्रान्सेली भाषी सहरहरुमा प्रदर्शन भइरहेको छ।

स्विटरल्यान्डका डेलेमोन्त, फ्रिबोर्ग, जेनेभा, न्युसाटेल, पुली र सियोनसहितका सहरमा यो फिल्म प्रदर्शन भएको हो।  

मे १४ बाट प्रदर्शन सुरू भएसँगै स्विटरल्यान्डमा पनि यसको समीक्षा सुरु भएको छ।  स्वीस समीक्षकहरुले यो फिल्मको खुलेर प्रंसशा गरेका छन्।
 
आफ्नो पोडकाष्ट भर्टिगोमा आरटियसका समीक्षक फिलिप कोन्जिस्टी भन्छन्,  ‘यो हो नि सिनेमा! थ्रिलरको रूपमा सशक्त्त छ नै, गहिरो विषयवस्तु पनि बोकेको छ।’ 

त्यस्तै रेडियो आरटियसका अर्का समीक्षक राफाएल वुल्फले भनेका छन्, ‘यो हप्ता हेर्नैपर्ने फिल्म हो। यो एउटा यस्तो फिल्म हो जसले तपाईंको मुटुलाई छुन्छ। गहिरो असर छोड्छ। अनुसन्धानमा पूर्ण रूपमा डुबाउँछ।’  

पूजा सरको स्विट्जरल्यान्ड, जर्मनी र अष्ट्रियाको वितरण ट्रगन फिल्म्स गरिरहेको छ। ट्रिगनले स्विजरल्याण्डमा नाम कहलिएको ड्रिस्ट्रिव्युटर हो।

फ्रान्समा भने पूजा सर जुलाई २३ मा एकैपटक देशभरिका सिनेमा घरहरूमा लाग्ने भएको छ। पूजा सरको रिलिज बेलायतमा पनि गर्मी महिनामै हुनेछ। जहाँ यस्को राईट त्यहाँको प्रसिद्ध च्यानल फोर टेलिभिजनले किनेको छ भने जापानमा अगस्त महिनामा रिलिजको तयारी गरिएको छ।  

आदि फिल्म्सका दीपक रौनियार र आशा मगरातीले बाँसुरी फिल्म्का रामबाबु गुरूङसँग सहकार्यमा बनाएको यो नेपाली क्राईम थ्रिलरले नेपाली समीक्षक र दर्शकबाट पनि गज्जबको प्रसंशा बटुलेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad