अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ। शनिबार आर्यन फिल्मस् प्रोडक्सन प्राइभेट लिमिटेडले पत्रकार सम्मेलन गर्दै को जानकारी दिएको हो।
कम्पनीले ‘कमेडी दरबार’ निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियोसँग औपचारिक सम्झौता गरेको छ। कार्यक्रमका लागि आर्यन फिल्मस्का तर्फबाट सिइओ गोपाल कटुवाल तथा ‘कमेडी दरबार’को कार्यक्तमको निर्माण कम्पनीकी श्रद्धा प्रसाईंले हस्ताक्षर गरिन्।
कार्यक्रम सम्झौताको हस्ताक्षरपछि बोल्दै आर्यन फिल्मस्का सिइओ कटुवालले आफ्नो कम्पनीले फिल्म तथा म्यूजिक भिडिओ निर्माणमा लामोसमयदेखि सक्रिय रहँदै आएको भएपनि अन्तराष्ट्रिय स्तरमा पहिलोपटक काम गर्न लागेको बताउँदै अमेरिकाका बढिभन्दा बढि नेपालीका माझमा पुग्ने लक्ष्य राखेको बताए।
यसैगरी ‘कमेडी दरबार’की निर्देशक श्रद्धा प्रसाईंले आफ्नो कार्यक्रमको अन्तराष्ट्रिय यात्रालाई लिइर उत्साहित रहेको बताइन्।
‘सेप्टम्बर अक्टोबरमा ‘कमेडी दरबार इन अमेरिका’ लिएर हामी अमेरिका आउँदैछौं । हामी एकदमै उत्साहित भएर पर्खिरहेका छौं’, उनले भनिन् ।
आर्यन फिल्मसका अध्यक्ष रमेश एमके पौडेलले हाँसो एउटा औषधीसमेत रहेको उल्लेख गर्दै नेपालीभाषीको मनोरञ्जनको चाहानालाई पूरा गर्न अमेरिकामा कार्यक्रम गर्न लागिएको बताए। पौडेल अमेरिका १० वटा राज्यका १६ स्थानमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए।
कार्यक्रम टेक्सास, न्यूयोर्क, ओहायो, मेरिल्याण्ड, भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो, न्यू जर्सी, फ्लोरिडा र ओक्लोहामामा आयोजना हुनेछ।
अमेरिकाको कार्यक्रमको व्यवस्थापनका अमेरिका बस्दै आएका चर्चित नेपाली व्यवसायी तथा समाजसेवी पासाङ लामा जोडिएका छन्। लामा सन् २०२० मा रिटेल व्यवसायीमा नम्बर एक अवार्ड पाउन सफल व्यवसायीसमेत हुन्। लामाका अमेरिकाका विभिन्न राज्यमा डेढ सय वढी ग्यास स्टेसन तथा रिटेल स्टोर संचालनमा छन्।
कार्यक्रमका लागि डेढदेखि दुई करोड नेपाली रुपैयाँ खर्च हुने अनुमान पौडेलले गरेका छन्। कार्यक्रममा ‘कमेडी दरबार’का अधिकाशं कलाकार सहभागी थिए । उनीहरुले पनि अमेरिकामा कार्यक्रम हुन लागेको खुशी व्यक्त गर्दै पूर्ण मनोरञ्जनका लागि तयार रहन अमेरिकावासी नेपालीहरुलाई आग्रह गरे।
आर्यन फिल्मस् सिनेमा तथा म्यूजिक भिडियो निर्माणमा संलग्न कम्पनी हो। कम्पनीले आफ्नो व्यानरमा ‘रुद्रप्रिया’, ‘राज्जा रानी’, ‘तिम्रो मेरो साथ’ लगायतका सिनेमा निर्माण गरिसकेको छ। कम्पनीले बोधी एचडी च्यानलमार्फत डिजिटल प्लेटफर्मसमेत संचालन गर्दै आएको छ।
Shares

प्रतिक्रिया