‘महाराजधिराज’मा अभिनेत्री वर्षा राउतको इन्ट्री भएको छ। निर्माणटिमले राउतलाई फिल्मको मुख्य भूमिकामा अनुबन्ध गरेको हो।
हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको लाइनअप बलियो छ। यसअघि वर्षा शिवाकोटी पनि फिल्मको मुख्य भूमिकाको लागि अनुबन्धित भइसकेकी छिन्।
त्यस्तै, आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, जयकिशन बस्नेतले यस फिल्ममा साइन गरिसकेका छन्।
परिच्छेद सेनको निर्देशनमा बन्ने यस फिल्म फूलपातीमा रिलिज हुनेछ। यस फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।
Shares

प्रतिक्रिया