कला


जब फिल्ममा अमिताभ र रेखाको रोमान्स देखेर रोइन् जया बच्चन

जब फिल्ममा अमिताभ र रेखाको रोमान्स देखेर रोइन् जया बच्चन

नेपालखबर
जेठ ५, २०८२ सोमबार १२:४६, काठमाडौँ

अमिताभ बच्चन र रेखा बलिउडको सुपरहिट अन-स्क्रिन जोडी हो। अनस्क्रिन केमेस्ट्री देखेर फिल्मी वृत्तमा उनीहरूको रियल जीवनको सम्बन्धको बारेमा पनि निकै चर्चा भयो। 

अमिताभ बच्चनले रेखासँगको आफ्नो सम्बन्धलाई कहिल्यै स्वीकार गरेनन्। तर, रेखाले भने सधैं आफ्नो प्रेम व्यक्त गरिन्। एक पटक एक अन्तर्वार्तामा रेखाले त्यो समयको कथा सुनाएकी थिइन् जब अमिताभले उनीसँग काम गर्न अस्वीकार गरेका थिए।

सन् १९७८ को कुरा हो, जब अफेयरको हल्लाको बीच अमिताभ र रेखा प्रकाश मेहराले निर्देशन गरेको फिल्म ‘मुकद्दरका सिकन्दर’ मा सँगै देखिएका थिए। रिलिजअघि फिल्मको स्क्रिनिङ भएको थियो, जहाँ अमिताभकी श्रीमती जया बच्चनसहित परिवार पनि उपस्थित थिए।

रेखाले एक अन्तर्वार्तामा फिल्मको स्क्रिनिङको क्रममा जया बच्चन रोइरहेको देखेको खुलासा गरिन्, त्यो पनि रेखा र अमिताभको रोमान्टिक दृश्यको कारणले।
 

‘एक पटक म सम्पूर्ण बच्चन परिवारलाई प्रोजेक्शन रुमबाट हेरिरहेको थिएँ जब उनीहरू मुकद्दरका सिकन्दरको ट्रायल शो हेर्न आएका थिए। अमिताभ र उनको परिवार जयाको ठीक पछाडि बसिरहेका थिए। उनीहरूले उनलाई म जत्तिकै स्पष्ट रूपमा देख्न सकेनन्। हाम्रो प्रेम दृश्यको समयमा मैले उनीहरूको आँखामा आँसु देखेँ,’ उनले भनिन्।

यो दृश्य देखाएको एक हप्ता पछि नै अमिताभले उनीसँग काम गर्न अस्वीकार गरेको थाहा पाएको बताइन्। रेखाले भनिन्, ‘एक हप्ता पछि, उद्योगका मानिसहरूले मलाई भने कि उनले निर्माताहरूलाई मसँग काम नगर्ने बताएका छन्।’

भनिन्छ, जया बच्चनका कारण अमिताभले रेखासँग काम गर्न अस्वीकार गरेका थिए। यद्यपि, रेखा, अमिताभ र जयाले १९८१ को फिल्म ‘सिलसिला’ मा सँगै काम गरेका थिए। यफो फिल्म यी तीन जनाको वास्तविक जीवन कथामा आधारित रहेको बताइन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad