कला


‘वार २’ को टिजरमा ऋतिक र एनटीआरको लडाइँ

‘वार २’ को टिजरमा ऋतिक र एनटीआरको लडाइँ

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १३:३४, काठमाडौँ

बहुप्रतिक्षित बलिउड फिल्म ‘वार २’ को टिजर सार्वजनिक भएको छ। जुनियर एनटीआरको जन्मदिन अवसरमा सार्वजनिक गरिएको टिजरले एक्सनले भरिएको छ। 

टिजरमा मुख्य अभिनेता ऋतिक रोशन र ‘आरआरआर’ फेम्ड एनटीआरबीचको लडाइ देख्न सकिन्छ। उनीहरुबीचको टकराव र एक्सन दृश्यले टिजरलाई धमाकेदार बनाएको छ। 

फिल्मको टिजरमा कियारा आडवाणी समेत अटाएकी छिन्। यो फिल्म आगामी अगस्ट १४, २०२५ मा विश्वभरका रिलिज हुनेछ। हिन्दीसहित तमिल र तेलुगु भाषामा रिलिज हुने जनाइएको छ।

अयान मुखर्जीको निर्देशन रहेको यो फिल्म आदित्य चोपडाको यशराज फिल्म्सको स्पाई युनिभर्सको एक भाग हो। जुनियर एनटीआरले यसै फिल्मबाट हिन्दी फिल्म उद्योगमा डेब्यू गर्दैछन्।

यो फिल्म सन् २०१९ को एक्शन थ्रिलर वार’ को सिक्वेल हो, जसलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad