कला


अक्षयले हाले परेश रावल विरुद्ध मुद्दा, २५ करोड रुपैयाँ माग

अक्षयले हाले परेश रावल विरुद्ध मुद्दा, २५ करोड रुपैयाँ माग

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १६:४६, काठमाडौँ

बलिउड फिल्म ‘हेराफेरी ३’ केही समयदेखि चर्चामा छ। हालै अभिनेता परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए।

यसैबीच, अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस केप अफ गुड फिल्म्स मार्फत परेश रावललाई कानुनी सूचना पठाएको खबर बाहिरिएको छ। जुन सूचनामा उनले फिल्मको छायांकन बीचैमा छोडेर अव्यवसायिक तरिका अपनाएकोमा २५ करोड भारतीय रुपैयाँ माग गरेका छन्।

खासमा अक्षय कुमार यस फिल्मका मुख्य अभिनेताका साथै निर्माता पनि हुन्। उनले फिरोज नाडियाडवालाबाट फिल्म ‘हेराफेरी ३’ को अधिकार कानुनी रूपमा खरिद गरेका छन्।

एचटीको रिपोर्ट अनुसार, मुद्दासँग सम्बन्धित एक कानुनी स्रोतले भन्यो, ‘परेश रावलले आफ्नो पेशागत जिम्मेवारी राम्ररी पूरा गरेनन्। यदि उनी फिल्म गर्न चाहँदैनथे भने सुटिङ सुरु हुनुभन्दा अगाडि र पैसा खर्च हुनुभन्दा अगाडि नै उनले अस्वीकार गर्नुपर्थ्यो। अब बलिउडमा यो कुरा स्पष्ट पार्नुपर्ने समय आएको छ कि हलिउडमा जस्तै यहाँ पनि कोही पनि आफ्नो इच्छाले फिल्म छोड्न सक्दैन।’

स्रोतका अनुसार यो फिल्मका लागि उनलाई सामान्य पारिश्रमिकभन्दा तीन गुणा बढी पारिश्रमिक दिइँदैछ।

बलिउड हंगामाको रिपोर्ट अनुसार, परेश रावल आफैंले फिल्म हेरा ‘हेराफेरी ३’ छोडेको पुष्टि गरेका छन्। मिडिया रिपोर्टका अनुसार फिल्म छोड्नुको कारण निर्माताहरूसँगको रचनात्मक मतभेद रहेको बताइएको छ।

यसअघि अक्षय कुमारले पनि २०२२ मा फिल्मबाट पछि हटेका थिए, जसले दर्शकहरूलाई निराश बनायो, तर पछि उनी फिल्ममा फर्किए। त्यस्तै, परेश रावलले पनि पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad