कला


‘होस्टेल ३’ टिमले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ बनाउने

‘होस्टेल ३’ टिमले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ बनाउने

नेपालखबर
जेठ ७, २०८२ बुधबार १२:३९, काठमाडौँ

हिट फिल्म ‘होस्टेल ३’ ले टिमले नयाँ ‘बाउ भर्सेस छोरा’ बनाउने भएको छ। चलचित्र टिमले बुधबार पोस्टर सार्वजनिक गर्दै नयाँ फिल्म बनाउने घोषणा गरेको हो।

सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई सशान कँडेलले निर्देशन गर्नेछन्। यस फिल्मले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राख्ने निर्देशक कँडेललको भनाइ छ।

टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘एक्स जेनेरेसन बाउ’ र ‘जेट जेनेरेशन छोरा’ भनेर चित्रण गरिएको छ, जसको डिजाइन रोयल भीमसेनले गरेका हुन्। नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए।

यस फिल्मलेकेवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए।

‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ। यस चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। चलचित्रको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ।

यसअघि माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको ‘होस्टेल ३’ ले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad