बलिउड अभिनेता परेश रावलले फिल्म ‘हेरा फेरी ३’ बाट बाहिरिने निर्णय गरेका छन्। परेशको फिल्म छोड्ने खबर आएदेखि नै उनका फ्यानहरू निराश छन्।
हालै, फिल्मका निर्देशक प्रियदर्शनले पनि परेश बाहिएसँगै स्टार कास्ट पनि खुसी नभएको खुलासा गरे। उनका अनुसार अक्षय कुमारको पनि आँखामा आँसु थियो।
प्रियदर्शनको निर्देशनमा बनेका फिल्म अघिल्ला दुइ सिरिजले दर्शकमाझ छुट्टै छाप बनाएको थियो। फिल्मको सबैभन्दा विशेष कुरा यसको त्रिकूट जोडी थियो, जसको ब्रेकअपले अक्षय कुमारलाई सबैभन्दा बढी दुखि बनायो किनभने उनी फिल्म निर्माण पनि गरिरहेका थिए।
हालै, प्रियदर्शनले परेश अचानक ‘हेरा फेरी ३’ बाट पछि हटेको थाहा पाएपछि अक्षय कुमारले कस्तो अवस्था भोग्नुपरेको बारे खुलासा गरे।
‘हाम्रा सबै सम्झौताहरूमा हस्ताक्षर भइसकेको थियो। दस दिन अघि सुनील, अक्षय र परेशले एउटा दृश्य र आईपीएल टिजरको छायांकन गरेका थिए। हामीले हेरा फेरी ३ गर्न सहमत भएपछि मात्र अक्षयले फिल्मको अधिकार किने। जब अक्षयले मलाई सोधे, प्रिय, परेश हामीसँग किन यस्तो गरिरहेका छन्। त्यतिबेला उनको आँखामा आँसु थियो।’
परेश अचानक हेराफेरी ३ छोडेपछि अक्षय कुमारले उनीविरुद्ध २५ करोड रुपैयाँको मुद्दा दायर गरेको बताइएको छ। अक्षयले फिल्मको अधिकार किनेका थिए र परेशको सहमतिपछि मात्र छायांकन सुरु गरेका थिए। अब, अचानक उनले फिल्म छोड्नुको कारणले उनलाई ठूलो क्षति भएको छ।
Shares

प्रतिक्रिया