कला


नाटक मञ्चन गरेर फिल्मको प्रचार

नाटक मञ्चन गरेर फिल्मको प्रचार

नेपालखबर
जेठ ११, २०८२ आइतबार १२:६, काठमाडौँ

जेठ १५ गतेबाट रिलिज हुने फिल्म ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ। रिलिजको संघारमा यतिबेला टिम सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ।

शनिबार साँझ काठमाडौँको गोङ्गबु ‘सत्य कहिल्यै लुक्दैन– महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौँ दर्शकलाई चलचित्रको कथावस्तुबारे जानकारी गराइएको छ। चलचित्रका निर्माता अनुसार यो अभियान चलचित्र रिलिजसम्म काठमाडौँका विभिन्न स्थानहरूमा दैनिक रूपमा सञ्चालन हुनेछ।

सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबीचको कथालाई प्रस्तुत गरेका छन्। फिल्मको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन्। लेखक सरिता कठायत हुन्। 

कलाकारहरूमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी छन्। नाटक व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेको थियो भने नाटक प्रस्तुति शुभआकाश टिमले गरेको हो।

दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्ने चलचित्र हो। यसमा पीडितको वेदना, जागिरेहरूको मानसिक संघर्ष र राजनीतिक चलखेललाई समेटिएको छ।

यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको अभिनय छ। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको फिल्मको निर्माता हिमाल कडरिया हुन्। 

यस फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad