सन्दीप रेड्डी वांगाको आगामी बलिउड फिल्म ‘स्पिरिट’बाट दीपिका पादुकोण बाहिरिएकी छिन्। दीपिकाको ठाउँमा अभिनेत्री तृप्ति डिमरी देखिदैँछिन्।
दीपिकाले अव्यवसायिक माग गरिरहेको आरोप लागेको थियो। तर, अब सन्दीपले दीपिकाको नाम नलिई उनले फिल्म छोड्ने बित्तिकै फिल्मको स्क्रिप्ट लीक गरेको आरोप लगाएका छन्।
सन्दीपले एक्समा एक ट्विट गर्दै लेखेका छन्, ‘जब म कुनै एक्टरलाई मेरो स्क्रिप्ट सुनाउँछु, म उसलाई शतप्रतिशत विश्वास गर्छु। हामीबीच एउटा अघोसित गैर(प्रकटीकरण सम्झौता छ। तर यसो गरेर तपाईंले आफू को हुँ भनेर देखाउनुभएको छ। एक युवा कलाकारको अपमान गर्नु र मेरो कथा लीक गर्नु, के यो तपाईंको नारीवाद हो? एक फिल्म निर्माताको हिसाबले मैले आफ्नो कलामा धेरै वर्ष कडा परिश्रम गरेको छु। फिल्म निर्माण नै मेरो लागि सबैथोक हो। तर, तपाईंले यो बुझ्न सक्नुभएन र बुझ्न पनि सक्नुहुन्न। अर्को पटक पुरै कथा भन्दा पनि हुन्छ, किनकि यसले मलाई केही फरक पार्दैन।’
साथै उनले यसलाई फोहोरी पीआरखेल समेत भनेका छन्। उनले एक उखान लेख्दै कटाक्ष गरेका छन्, ‘मलाई यो उखान धेरै मन पर्छ। बिरालोले प्वालमा खम्बा कोर्छ।’
सन्दीपले कबीर सिंह र एनिमल जस्ता ब्लकबस्टर फिल्म निर्देशन गरिसकेका छन्। उनले आफ्नो पोस्टमा कसैको नाम उल्लेख नगरे पनि, यो स्पष्ट छ कि उनले यो पोस्ट दीपिका पादुकोणको लागि बनाएका हुन्।
किनकि उनलाई केही समय अघि फिल्मबाट हटाइएको छ। सन्दीपले आफ्नो पोस्टमा उल्लेख गरेकी युवा अभिनेत्री तृप्ती डिमरी भएको अनुमान गरिएको छ। दीपिकाको ठाउँ तृप्तिले लिएकी छिन्।
यस फिल्ममा प्रभासको अपोजिटमा दीपिका पादुकोणलाई कास्ट गरिएको थियो। दीपिका गर्भवती भएको कारणले फिल्म छोड्न चाहन्थिन्, तर सन्दीप रेड्डी वांगाले उनको लागि फिल्मको छायांकन पनि स्थगित गरेका थिए। यसका बाबजुद पनि दीपिकाले फिल्ममा काम गर्नका लागि धेरै सर्तहरू राखिन्।
उनी ८ घण्टाको सिफ्ट मात्र पाउनुपर्ने, हप्ताको ५ दिन काम गर्नुपर्ने, नाफामा भाग लिनुपर्ने र तेलुगु संवाद नपाउनुपर्ने लगायतका मागहरू राख्थिन्। अभिनेत्रीको बढ्दो मागबाट असन्तुष्ट सन्दीप रेड्डी वांगाले उनलाई फिल्मबाट हटाएका छन्।
Shares

प्रतिक्रिया