कला


‘मिस युनिभर्स नेपाल २०२५’ को आवेदन खुला

‘मिस युनिभर्स नेपाल २०२५’ को आवेदन खुला

नेपालखबर
जेठ १४, २०८२ बुधबार १६:५४, काठमाडौँ

सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२५’ को आवेदन खुला भएको छ। बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले आवेदन खुला गरिएको जानकारी दिएको हो।

१८ वर्ष उमेर पुगेका, १२ कक्षा उत्तिर्ण वा सो सरह शैक्षिक योग्यता पुरा गरेका आवेदन दिन सक्नेछन्। त्यसैगरि, उचाइ, तौल र वैवाहिक वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध लगाइएको छैन। नेपाली तथा गैरआवासीय नेपाली महिलाहरुले आवेदन दिन सक्नेछन्।

‘तपाई जस्तो हुनुहुन्छ, त्यही नै तपाईको सौन्दर्यता हो। म जहिल्यै विश्वास गर्थे कि हामी सबै आ-आफ्नो तरिकाले परिपूर्ण छौँ। यसवर्ष हामी प्रतियोगितालाई अझ लोकतान्त्रिक र समावेशी बनाउने प्रतिबद्धताका साथ अगाडि बढिरहेका छौँ। हामी सबै पृष्ठभूमिका महिलाहरुलाई स्वागत गर्दछौँ,’ राष्ट्रिय निर्देशक संगीता पुरीले भनिन्।

सहभागी हुन चाहनेले खल्ती एप, मिस युनिभर्स नेपालको वेवसाइट र सोसल मिडियामार्फत असार १५ सम्म आवेदन दिन सक्नेछन्।

यसवर्षको प्रतियोगिता नयाँ स्वरुपमा प्रस्तुत हुने बताइएको छ। यसवर्ष प्रतियोगितालाई ८ एपिसोडको टिभी सिरिजबाटै प्रसारण गर्ने तयारी छ।

निर्देशक पुरीले भनिन्,‘कार्यक्रमको फम्र्याटमा टिभीमा आउँदा दर्शकले प्रतिस्पर्धी र कार्यक्रमलाई अझै गहिराइमा बुझ्न सक्नुहुन्छ।’ 

यस संस्करणमा मिस युनिभर्स नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सहकार्य रहनेछ। भदौ महिनामा ललितपुरको गोदावरीस्थित सनराइज हलमा फिनाले आयोजना हुने जनाइएको छ।

अडिसनबाट छनोट हुने सुन्दरीले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ प्राप्त गर्ने र भदौमा क्लोज क्याम्प आयोजना हुने जनाइएको छ। प्रतियोगितामा कोरियोग्राफरको रुपमा दिक्पाल कार्की रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad