गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले चारजना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ।
हालै प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको बैठकले नेपाली संगीत क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गर्ने निर्णय गरेको हो।
त्यसैगरि, ५० हजार रकसहित प्रेमध्वज प्रधान राष्ट्रिय वाद्य संगीत सम्मान– २०८२ वरिष्ठ वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्कीढलीलाई दिइनेछ। प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार–२०८२ गायक सुरजकुमार थापाज्यूलाई प्रदान गरिने छ। यस पुरस्कार सहित पचास हजार एक रुपैया रहेको छ।
प्रेमध्वजको जन्मजयन्तीको अवसर पारी प्रत्येक दुई वर्षमा स्रष्टा सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम गर्दै आएको छ। यसपटकको कार्यक्रम स्व. प्रधानकै जन्मथलो सिन्धुपालचोकको चौतारामा गरिने भएको छ।
Shares

प्रतिक्रिया