कला


रेखा थापाले पहिलोपटक खेल्न लागेको नाटक ‘मीरा’को प्रिमियर स्थगित

रेखा थापाले पहिलोपटक खेल्न लागेको नाटक ‘मीरा’को प्रिमियर स्थगित

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:११, काठमाडौँ

अभिनेत्री रेखा थापाले पहिलोपटक खेल्न लागेको नाटक ‘मीरा’को प्रिमियर स्थगित भएको छ।

गणतन्त्र दिवसको अवसरमा बिहिबार राजधानीमा सत्तारुढ एमाले र राजावादी दलहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि राजनीतिक परिस्थितीलाई ध्यानमा राख्दै मञ्चन प्रिमियर स्थगित गरिएको हो।

सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै कलाकार, अतिथि र दर्शकको सुझाव तथा सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपरेको रेखाले उल्लेख गरेकी छिन्।

‘आजको असहज राजनीतिक परिस्थितिका कारण आजकै लागि तय गरिएको मेरो पहिलो नाटक ‘मीरा’ को प्रिमियर स्थगित गर्नु परेको जानकारी गराउनुपर्दा अत्यन्तै दुःखी छु । कलाकार, दर्शक र अतिथिको सुझाव तथा सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपर्‍यो,’उनले लेखेकी छिन्। 

अब यो नाटकको प्रिमियर आगामी मंगलबार जेठ १९ गते हुनेछ। यो नाटकको लागि टिकटहरू बिक्री भैसकेको थियो।

यसअघि राजनीतिक स्थितीलाई ध्यानमा राख्दै आजदेखि रिलिज हुने भनिएको फिल्म ‘महाभोज’को प्रदर्शन पनि स्थगित गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad