कला


अष्ट लामाको नेतृत्वमा संगीतकार संघको नयाँ कार्यसमिति चयन

अष्ट लामाको नेतृत्वमा संगीतकार संघको नयाँ कार्यसमिति चयन

नेपालखबर
जेठ १८, २०८२ आइतबार ११:४४, काठमाडौँ

संगीतकार संघ नेपालको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। 

चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई बिदाइ गर्दै संगीतकार लामालाई अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो।

एक महिला सदस्य बबिना भट्टराईसहित १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तेज प्रसाद खरालले जानकारी दिए।

संघको वरिष्ठ उपाध्यक्षमा राजेश थापा छन् भने प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय छन्।

सदस्यहरूमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल छन्।

अब नवगठित कार्य समितिले एकजना सदस्य चयन गर्ने वरिष्ठ उपाध्यक्ष राजेश थापाले जानकारी दिए।

संगीतरत्न शम्भुजित बास्कोटा संस्थापक अध्यक्ष रहेको संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन्।

नवनिर्वाचित अध्यक्ष लामाले आफ्नो कार्यकालमा गर्ने ८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्।

नवनिर्वाचित कार्यसमितिलाई अघिल्लो कार्यसमितिले यही जेठ १८ गते पदभार हस्तान्तरण गर्ने निवर्तमान अध्यक्ष चेतन सापकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad