कला


किम्फमा भुटानको फिल्म ‘बटरफ्लाई’ ले जित्यो उत्कृष्ट अवार्ड

किम्फमा भुटानको फिल्म ‘बटरफ्लाई’ ले जित्यो उत्कृष्ट अवार्ड

नेपालखबर
जेठ १९, २०८२ सोमबार १६:१५, काठमाडौँ

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औं संस्करण सकिएको छ। ‘खण्डित आवाज, निर्मित भाष्य’ नाराका साथ यस वर्षको महोत्सवले ३० देशका ६५ भन्दा बढी चलचित्रहरू प्रदर्शन गरिएको थियो।

जसमध्ये इसिमोड सर्वोत्कृष्ट पर्वतीय चलचित्र पुरस्कार सोनम याङ्जोमको ‘बटरफ्लाई’ भुटानले प्राप्त गरेको छ। भारतका मनोहर के लाई ‘बर्ड अफ अ डिफरेन्ट’ का लागि केयू इमर्जिङ फिल्ममेकर पुरस्कार प्रदान गरियो। 

केन्जी सुकोमोटो निर्देशित ‘अशिमा’ ले सर्वोत्कृष्ट माउन्टेरिङ्ग एण्ड एक्स्प्लोरेसन फिल्म अवार्ड जित्दा फेलिन गेर्हार्ड्टको माइनस् १०३ डिग्रीजले सोही विधामा विशेष उल्लेख प्राप्त गरेको थियो।
अन्तर्राष्ट्रिय विधामा, फाम नोच लानको ‘क्यू ली नेभर क्राइज्’ ले उत्कृष्ट फिचर फिक्सन चलचित्र पुरस्कार जितेको छ। त्यस्तै याकूप तेकिन्तान्जाक निर्देशित ‘मोरी’ ले सर्वोत्कृष्ट सर्ट फिक्शन चलचित्र जित्यो। त्यस्तै यी शान लोज्को ‘आफ्टर द स्नोमेल्ट’

ले पनि सर्वोत्कृष्ट फिचर डकुमेन्ट्रीको अवार्ड जित्यो। डोमिनिक साइनरको ‘विन्टर टाइगा’ ले सर्वोत्कृष्ट छोटो वृत्तचित्र पुरस्कार प्राप्त गर्‍यो। 

नेपाल पानोरामा अन्तर्गत, सौरभ घिमिरेको ‘सन्ग्स् अफ लभ एण्ड हेट’ ले सर्वोत्कृष्ट नेपाली फिक्शन चलचित्र पुरस्कार जित्यो। त्यस्तै, उत्कृष्ट नेपाली वृत्तचित्रतर्फ साजा सुनुवार निर्देशित ‘छाऊ’ उत्कृष्ट बन्यो। अडियन्स अवार्ड कलानी गोकनको ‘फेमली म्यान’ ले जित्न सफल भयो। 

यस वर्षको कट।कथा प्रत्यक्ष पिच सत्रमा तीन विजेता घोषणा भएस् श्रिया सिंहले ब्रिटिश काउन्सिल पुरस्कार (रु. १,५०,००००) प्राप्त गरिन् भने आकृति श्रेष् ले गोएथे सेन्ट्रम पुरस्कार (रु १,००,०००) जितिन् र सुष्मिता बोगटीले शान्ता नेपाली प्रोडक्सन पुरस्कार (रु ३,५०,०००) बराबरको प्रोडक्सन् एण्ड पोस्ट प्रोडक्सन् मद्दत प्राप्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad