निर्माणाधीन फिल्म ‘परालको आगो’ कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन,बस्न ए लै मन छैन’ समावेश हुने भएको छ। निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्नका लागि अनुमति लिएको छ।
सुशिल पोखरेलको निमार्णमा बन्न लागेको फिल्म ‘परालको आगोमा’का लागि संगीतकार शान्ति ठटालसम्म उनको निवासमै पुगेर सम्झौता भएको हो। चार दशक अघि निर्माण भएको फिल्म ‘परालकै आगो’को गीतलाई नयाँ पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले जानकारी दिए।
शान्ति ठटालको संगीत रहेको यस गीतमा मनबहादुर मुखियाको शब्द र स्व.अरुणा लामाको स्वर रहेको छ। यो कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन,बस्न ए लै मन छैन’ बोलको गीत अहिले पनि उतिकै चर्चामा छ। परालको आगोका लागि यो गीत नै चाहिने हुनाले श्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी संगीतकार गीतका लागि अनुमति लिइएको निर्माता पोखरेलले बताए।
उनका अनुसार दुवै पक्षबीच कागजी सम्झौता समेत भएको छ। संगीतकार ठटालले आफूले यो गीत परालको आगोमा समावेश गर्नअनुमति दिएको सुनाइन्। आफ्नो गीत फिल्ममा समावेश हुँदा खुसी लागेको बताइन्।
कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित फिल्म ‘परालको आगो’मा अभिनेताद्वय जितु नेपाल, प्रकाश सपुत, अभिनेत्री सुहाना थापा अनुबन्धित भइसकेका छन्।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार फिल्ममा अनुबन्धित गरेका हुन्। मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको छ। ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।
लक्ष्मण सुनार निर्देशित यो फिल्म २०८२ को दशैँमा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए। निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए।
निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ।
Shares

प्रतिक्रिया