नेपाल भाषाका गायक सज्जु मानन्धरको स्वर रहेको सबैलाई छोडेर बोलको गीतको रिमेक भिडिओ सार्वजनिक गरिएको छ। जसमा नायिका प्रियंका कार्की र अभिनो बिन्दे मर्हजनको अभिनय रहेको छ। भिडिओमा बिन्देसँग नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय देख्न सकिन्छ।
गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोहर्याइएको छ। भिडिओमा एक प्रेमील रोमान्टिक जोडीको सफल प्रेम कथालाई निर्देशक कृष्णदेव रुपाखेतीले देखाएका छन्। जहाँ प्रियंका र बिन्दे गज्जबसँग खुलेका छन्।
२०५५ सालदेखि गायनमा सक्रिय सज्जुले आफ्नो पहिलो गीतलाई नयाँ रूप र सोचसहित पुनः निकालेको बताए। गायक सज्जुले राम्रो गीत अझ परिष्कृत गरेर प्रस्तुत गरेको हुनाले आफूले ठूलो अपेक्षा राखेको बताए।
दुई दशकअघि निकालिएको रागिनि वन एल्बमको पहिलो गीतका रूपमा ‘सबैलाई छोडेर’ रहेको थियो। भिडिओलाई पहिलो गीतको निर्देशन गरेका निर्देशक कृष्णदेव रुपाखेतीले नै रिमेक गीतको पनि निर्देशक गरेका हुन्।
सो गीतमा डा राजु मानन्धरको शब्द र जुगल डङ्गोलको सङ्गीत रहेको छ। ओआरएस डिजिटलबाट सार्वजनिक भएको गीतको प्रस्तुतकर्तामा गणेशदेवी फाउन्डेसनका अध्यक्ष स्नेह सायमी हुन्।
Shares

प्रतिक्रिया