कला


‘मोहर’को पोस्टरमा पल, नीति र बेनिशा

‘मोहर’को पोस्टरमा पल, नीति र बेनिशा

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १६:३६, काठमाडौँ

साउनको २३ गतेबाट प्रदर्शन हुने फिल्म ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा मुख्य कलाकार पल शाहसहित नीति शाह र बेनिशा हमाललाई देख्न सकिन्छ। 

पोस्टरमा पल शाहको दोहोरो अवतार देखिन्छ। पल अभिनेत्री वेनिशासँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन्। यता, उनी छोटो कपालको साथमा शाहको अंगालोमा बाँधिएको देख्न सकिन्छ। यसले, कतै पल फिल्ममा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुनसक्छ ।  

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको फिल्म ‘मोहर’लाई ‘अलिखित नियमहरुमा आधारित कथा’ भनिएको छ। यो फिल्मको टिजर जेठको २७ गते सार्वजनिक हुँदैछ। 

चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यो फिल्ममा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ। दिपेन बस्न्यातको छायांकन रहेको यो फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad