आज शुक्रबार एक स्वदेशी र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। भारतीय फिल्म ‘हाउसफुल ५’ र नेपाली फिल्म ‘जन्ते बाख्रो’ आज हलमा लागेका हुन्।
कमेडी जनरामा बनेको फ्रेन्चाइज फिल्म ‘हाउसफुल ५’ बहुप्रतिक्षित फिल्म हो।
तरुण मनसुखानी निर्देशित यस फिल्मका निर्माता साजिद नाडियाडवाला हुन्। यो फिल्म ‘ए’ र ‘बी’ दुई भर्सनमा रिलिज हुनेछ। जसमा दर्शकहरुले फरकफरक क्लाइमेक्स हेर्न पाउँनेछन्।
यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, श्रेयस तलपदे, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, चंकी पाण्डे, जोनी लिभर र निकितिन धीर मुख्य भूमिकामा छन्।
सिमोश सुनुवार निर्देशित ‘जन्ते बाख्रो’ पनि कमेडी जनरामा निर्माण भएको फिल्म हो। यस फिल्ममा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी लगायतको अभिनय छ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्मले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ। यस फिल्मले पहिलो दिनको लागि डेढसय बढी शो पाएको छ।
दक्षिण भारतीय अभिनेता कमल हासनको मुख्य भूमिका ‘ठग लाइफ’ पनि हिजाेदेखि रिलिज भैसकेकाे छ। मणि रत्नम निर्देशित यस फिल्ममा कमलसहित सिलाम्बरासन, तृषा कृष्णन, महेश मान्जरेकर, अली फजल, ऐश्वर्या लक्ष्मीलगायत कलाकारको अभिनय छ।
Shares

प्रतिक्रिया