एसिया मोडल फेस्टिवल ‘फेस अफ नेपाल २०२५’ आवेदन खुला भएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। प्रतियोगीहरुले अनलाइन मार्फत फर्म भर्न सक्नेछन्।
यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन। गएका वर्षहरूमा उचाईमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन्।
फेस अफ नेपाल की नेशनल डिरेक्टर मेनुका माझीले उचाईका कारणले नै सहभागीता जनाउन चाहनेहरु पछि पर्नु नपरोस् भनेर यस बर्षबाट उचाईको मापदण्ड हटाइएको जानकारी दिइन्।
उनले उमेरमा भने १८ वर्ष पुरा भएको र ३० वर्षभन्दा भित्रको हुनुपर्नेछ। यसपटकबाट कोरियोग्राफरको रूपमा मोडल तथा अभिनेता दिक्पाल कार्की रहेका छन्।
Shares

प्रतिक्रिया