‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा हुने मिस सुप्रानेसनलमा सहभागी हुन उनी पोल्यान्ड प्रस्थान गरेकी हुन्।
उनी आज बिहान त्रिभुवन बिमानस्थलबाट पोल्यान्ड प्रस्थान गरेकी छन्। नेपालको झण्डा ओडाउँदै उनलाई बिदाई गरिएको छ।
जुन ९ देखि २७ सम्म हुने प्रतियोगितामा दीक्षाले नेपालको प्रतिनिधित्व गर्नेछिन्।
नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा निकै खुसी लागेको दीक्षाले बताइन्। उनले भनिन्, ‘मलाई एकदम खुसी लागेको छ। विश्वका ७० भन्दा धेरै बढी देशबाट सहभागिता रहने ठूलो स्टेजमा नेपालबारे सबैलाई चिनाउनेछु।’
मिस सुप्रानेसनलमा नेपालले राम्रो स्थान हासिल गर्ने मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययको विश्वास छ।
519
Shares

प्रतिक्रिया