कला


देउकी प्रथाको कथामा ‘मोहर’को टिजर सार्वजनिक, दोहोरो भूमिकामा पल शाह

देउकी प्रथाको कथामा ‘मोहर’को टिजर सार्वजनिक, दोहोरो भूमिकामा पल शाह

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १५:१८, काठमाडौँ

साउन २३ गतेबाट प्रदर्शन हुने फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर ‘देउकी प्रथा’ को कथा वरिपरि घुमेको छ। 

सार्वजनिक टिजरमा अभिनेता पल शाहको दोहोरो अवतार देख्न सकिन्छ। पल लामो र छोटो कपालमा देखिएका छन्। लामो कपाल पालेका पलको कथा अभिनेत्री बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ। यस्तै, कपाल छोटो पालेका पलको कथा अभिनेत्री नीति शाहसँग जोडिएको छ। 

फिल्म मेकर्स प्रा।लिको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको हो। फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको अभिनय छ। 

कुमार महर्जनको एक्सन रहेको फिल्ममा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ।

फिल्मको टिजर साहिल खानले तयार पारेका हुन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्मको प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल हुन्। रोशन जंग शाही फिल्मका लाइन प्रोड्यूसर हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad