कला


गायिका रचना रिमाल डिस्चार्ज

गायिका रचना रिमाल डिस्चार्ज

फाइल तस्बिर: गायिका रचना रिमाल


नेपालखबर
असार १, २०८२ आइतबार १२:२७, काठमाडौँ

गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छन्।

गत मंगलबार काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना भएकी रचनालाई शनिबार राति डिस्चार्ज गरिएको हो।

सांगीतिक कार्यक्रमका लागि रुकुम-पश्चिम पुगेका बेला बिरामी भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।

उनको आन्द्रामा संक्रमण देखिएपछि एन्टिबायोटिक्स चलाएर उपचार गरिएको थियो।

स्वास्थ्यमा सुधार आएसँगै उनलाई चिकित्सकले डिस्चार्ज गरेका हुन्।

उपचारका बेला शान्तिश्री परियार, बद्री पंगेनी, एलिना चौहान, वसन्त सापकोटा, भरतमणि पौडेलसहितलगायत उनलाई भेट्न अस्पताल पुगेका थिए।

स्टेज कार्यक्रम र स्टुडिओमा सर्वाधिक व्यस्त रहने गायिका रिमाल अब केही समय आरामका लागि घरमै बस्नछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad