उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २’को छायांकन सकिएको छ। पाँचथरमा फिल्मको सम्पूर्ण छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो।
निर्माण कम्पनी बाँसुरी फिल्मसले यो सिनेमा आगामी बडादसैँको अवसरमा रिलिज हुने जानकारी दिएको छ। तर, मिति भने खुलाइएको छैन।
छायांकन सकिएसँगै निर्माण टिमले सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्ससमेत सार्वजनिक गरेको छ।
सार्वजनिक तस्बिरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ।

यो सिनेमाको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ। ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन रहको छ। कवी सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो। निर्माण घोषणासँगै ‘जारी २’ दर्शकको प्रतिक्षामा छ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्। यस फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ।
Shares

प्रतिक्रिया