कलाकार बेगम नेपाली (भटभटे माइला) ले नयाँ सिरियल ‘गाह्रो छ जिन्दगी’ ल्याएका छन्।
उनको यस सिरियलको पहिलो एपिसोड प्रसारणमा आइसकेको छ।
सार्वजनिक पहिलो एपिसोडले युट्युबमा राम्रो भ्युज पाइरहेको छ।
यसअघि चर्चित कमेडी सिरियल ‘गाह्रो छ हो’ ल्याएका उनले सेन्टिमेन्टल जनराको सिरियल सुरु गरेका हुन्।
युट्युबमा सर्वाधिक भ्युज पाउन सफल यो सिरियल ‘गाह्रो छ हो’ बन्द भइसकेको छ।
भटभटे फिल्मस्ले निर्माण गरेको सिरियलका लेखक बेगमले नै हुन्।
सिरियलको भिडिओ प्रवेश पोखरेलले निर्देशन गरेका हुन्।
सिरियलमा बेगम नै मुख्य भूमिकामा छन्।
साथै कुलबहादुर अधिकारी, रिस्ता बस्नेत, रिता शिवाकोटी, मलाइका बस्नेत, शित्तल गिरी, हर्षिका वली, सोहन थापालगायतको अभिनय छ।
75
Shares

प्रतिक्रिया