काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारू कलाकारहरूले धमाकेदार प्रस्तुति दिएका छन्।
राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको वृहत्त राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरुले
आ–आफ्नो ठाउँ विशेका धमाकेदार प्रस्तुतिहरू दिएका हुन्।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पुर्व सांसद रेशम चौधरीले गरेका थिए।
कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पहिचानको लागि आफुले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गरे।
देशभरका थारू कलाकारहरूले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुतिहरू दिने राष्ट्रिय थारू कलाकार संघका अध्यक्ष विनय वैद्यले बताए ।
उनका अनुसार देशभरका राष्ट्रिय कलाकारहरूले आ–आफ्नो क्षेत्रमा बोलिने ठाउँमा बोलिने थारू भाषाका मौलिक संस्कृति झल्कने प्रस्तुति रहेका थिए।

Shares

प्रतिक्रिया