दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ युट्युवमा १० करोड पटक हेरिएको छ। रिलिज भएको ६ महिना नपुग्दै यस गीतले युट्युवमा १० करोड भ्युज पाएको हो।
सार्वजनिक भएसँगै चर्चामा आएको यो गीत ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। टिकटकदेखि रिल्समा यस गीतमा धेरै भिडिओहरु बनेका थिए। गीतकै कारण गायक थापा चर्चामा आउनुका साथै उनको व्यस्तता समेत बढाएको थियो।
यस गीतमा दुर्गेश थापाको शब्द र संगीत रहेको छ। साथै गीतमा दुर्गेशसहित आनन्द कार्की, समीक्षा अधिकारी, एलिना चौहानको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओमा दुर्गेशसहित प्रियंका कार्की, कविता नेपाली, पेमा लामा र सहदेव श्रेष्ठ फिचर्ड छन्।
432
Shares

प्रतिक्रिया