कला


पर्यटन प्रवर्द्धन गर्न कास्कीको कोरिमा खिचिएको ‘बतास जस्तै’ सार्वजनिक

पर्यटन प्रवर्द्धन गर्न कास्कीको कोरिमा खिचिएको ‘बतास जस्तै’ सार्वजनिक

नेपालखबर
असार ९, २०८२ सोमबार १५:२७, काठमाडौँ

नयाँ म्युजिकल फिल्म ‘बतास जस्तै’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गायिका सुनीता थेगिमको स्वर सुन्न सकिन्छ। त्यसैगरि, गीतमा मविन्द्र राईका शब्द तथा संगीत रहेको छ।

अनिल के मानन्धरको छायांकन र निर्देशन रहेको गीतको भिडिओमा जुना गुरूङ, मिसन सिबिरिगो र बाल कलाकार नियती गुरूङको अभिनय रहेको छ। भिडिओमा अवधारणा र संवाद सिबिरिगोकै रहेको छ। 

नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनलाई उजागर गर्ने लक्ष्य लिएर मिसन सिबिरिगोले कास्कीको रमणीय पर्यटकीय क्षेत्र कोरिमा छायांकन गरीएको हो। 

भिडिओमा सिक्लेस गाउँ र कोरिका रमणीय दृश्यहरू समेटिएका छन्। यस भिडिओमा अहिलेको पुस्ताले आफ्ना घर–परिवार र माटो छोडेर परदेशिनु परिरहेको पीडादायी यथार्थलाई समेटिएको छ।

मिसन सिबिरिगो एक भिडिओग्राफर हुन्। नेपालको दूरदराजमा लुकेका कथाहरू, संस्कृति र सौन्दर्यलाई क्यामेरामा कैद गर्दै सम्पूर्ण दर्शकमाझ पुर्‍याउने लक्ष्य लिएको सुनाए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad