कला


तोकियो फिल्म ‘हर्ष’को प्रदर्शन मिति

तोकियो फिल्म ‘हर्ष’को प्रदर्शन मिति

नेपालखबर
असार ९, २०८२ सोमबार १६:२, काठमाडौँ

एकता पौडेलको डेव्यु निर्देशन रहेको फिल्म ‘हर्ष’को प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार टाइटल भिडिओ सार्वजनिक गर्दै आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो।

निर्देशक एकता पौडेलले टाइटल भिडिओको सुरुवातमा नै यो सिनेमा स्वर्गिय निर्देशक शिव रेग्मी मामाप्रति समर्पित रहेको उल्लेख गरेकी छन्। निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन्। व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन्।

सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमाको अहिले धमाधम पोष्ट प्रोडक्सनको काम भैरहेको छ। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितको अभिनय छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ईप्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। पारिवारिक सामाजिक कथा पस्किने सिनेमामा आलोक शुक्लाको छयांकन, समीररहिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ।

सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन्। सिनेमामा स्वर्गिय शिव रेग्मी, डा कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad