फिल्म ‘तथास्तु’ बन्ने भएको छ। ‘डोरी’का निर्देशक अरुण लामाले पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।
‘सेभेन प्रोडक्सन् प्रालि’को प्रस्तुति रहने यो फिल्म सन् २०२६ मा रिलिज हुनेछ। साथै फिल्मको छायांकन भने २०८३ देखि सुरु हुने बताइएको छ।
यो फिल्मका निर्देशक लामाले ‘तथास्तु’ केवल फिल्म नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए। उनका अनुसार फिल्मले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ। ‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक–भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समेटिनेछ।
निर्देशक लामाले फिल्ममा नयाँ पुस्ताका चर्चित कलाकारहरू,नेपाल र भारतका अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित कलाकार तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिने बताए।
नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यो फिल्मको छायांकन नेपाल र भारतमा हुनेछन्। फिल्मको सुटिङ पनि दुई चरणमा गरिनेछ।
यसअघि निर्देशक लामाले फिल्म ‘डोरी’निर्माण गरेका थिए। जुन फिल्मले गतिलो व्यापार गर्न सकेन।
Shares

प्रतिक्रिया