कला


वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि 'रातो पासपोर्ट'मा निर्माता बने तामाङ

वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि 'रातो पासपोर्ट'मा निर्माता बने तामाङ

नेपालखबर
असार १२, २०८२ बिहिबार १६:७, काठमाडौँ

वैदेशिक शिक्षा र रोजगारीको सपना पूरा गर्न संघर्षरत युवाहरूको कथामा फिल्म ‘रातो पासपोर्ट’ निर्माण हुँदैछ। सुखी परिवारको क्ल्पना गरेर विदेशमा पुगेको युवाले सफलता चुम्न गर्ने मेहनत र त्यसभित्रको संघर्षको पाटोलाई यो फिल्मले सचित्रण गर्दैछ। फिल्मलाई विगत सात वर्षदेखि युरोपको पर्चुगलमा बस्दै आएका लोकबहादुर तामाङले निर्माण गर्दैछन्।

सिमसोन तामाङले यो फिल्मलाई निर्देशन गर्दैछन्। युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने संघर्षको कथालाई दर्शकमाझ पुर्याउन फिल्म निर्माणमा हात हालेको तामाङको भनाई छ। त्यसो त एकसमय मोडलिङमा करियर सुरू गरेर फिल्ममा स्थापीत अभिनेता बन्ने सोच बोकेका तामाङ अब निर्माणमा जुटेका हुन्।

‘चलचित्र समाजको ऐना पनि हो, हजारौं किताबले बदल्न नसकेको समाज एउटा चलचित्रले बदलिदिन्छ’, तामाङ भन्छन्, ‘ रातो पासपोर्टको कथामा आफैलाई देखेपछि, विदेशी नागरिकता पाउन संघर्ष गर्ने हरेक नेपालीलाई देखेपछि यो कथा फिल्मकै माध्यमबाट धेरै दर्शकमाझ पुर्याउनुपर्छ भनेर निर्माणमा हात हालेको हुँ।’

सिबड्र्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीपकुमार चौधरीले तयार पारेका छन्।

यो फिल्ममा प्रवेश पौडेल कार्यकारी निर्माता रहनेछन्। फिल्मको छायांकन पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad