गायक एकदेव लिम्बुको चर्चित गीत ‘झिमझिमाउने आँखा’को हिन्दी भर्सन सार्वजनिक भएको छ।
भारतीय गायिका नेहा कक्करसँगको सहकार्यमा उनले हिन्दी भर्सन ‘झिम झिम’ ल्याएका हुन्।
सार्वजनिक गीतमा हिन्दी भर्सनमा एकदेवलाई नेहा कक्करले साथ दिएकी छन्।
नेहाले हिन्दीमा गाएकी छन् भने एकदेवले नेपाली संस्करण ‘झिमझिमाउने आँखा’लाई नेपालीमै गाएका छन्।
हिन्दी र नेपालीको ‘म्यासअप’ ले गीत मिठो सुनिएको छ।
हिन्दी गीतको कम्पोज रजत नागपालले गरेका छन्।
प्लेडिएमएफ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक नेपाली र हिन्दी दुवै भाषालाई मिश्रण गरेर गीत तयार गरिएको छ।
जहाँ दुवैले एकअर्काको भाषामा समेत गीत गाएका छन्। एकदेवले हिन्दीमा गाएका छन् भने नेहाले नेपालीमा।
नेहाले गीतको हुकलाइन ‘झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुतुक्कै भएँ म’ गाउँदा मिठो सुनिएको छ।
गीतको भिडिओमा ऋत्भिक साहोर र प्रिया प्रकाश वारिअर फिचर्ड छन्।
‘झिमझिमाउने आँखा’ लिम्बूको ग्लोबल हिट गीत हो। जुन गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको थियो।
Shares

प्रतिक्रिया