हाल अमेरिकामा रहेकी चर्चित लोकदोहोरी गायिका बिमाकुमारी दुराले आफूमाथि आक्रमणको भएको बताएकी छन्।
उनले सामाजिक सञ्जाल टिकटकमा भिडिओ राख्दै आफूमाथि आक्रमण भएको उल्लेख गरेकी छन्।
सार्वजनिक भिडिओमा उनले थर्मसले प्रहार गरेर मार्न खोजेको आरोप लगाएकी छन्। उनले कसले आक्रमण गरेको भन्ने खुलाएकी छैनन्।
‘यो तामाको थर्मसले हानेको हो। यदि यो चोट मलाई लागेको भए अहिले म धर्तीमा रहने थिइनँ। हजुरहरूले देख्दापनि लास पनि देख्न पाउने थिएनौँ,' भिडिओमा थर्मस देखाउँदै लेखेकी छन्, ‘म सात समुद्र पारि थिएँ। म ढोका खोलेर भागीहालेँ। अब म निस्किनुपर्छ भनेर बाहिर भागेँ।’
साथै, आफ्नो कारणले अमेरिका आउन पाएको भन्दै अहिले आफूलाई निकै टर्चर दिन थालेको दुराले उल्लेख गरेकी छन्। यद्यपि, कसले मार्न खोजेको भन्नेचाहिँ उनले खुलाएकी छैनन्।
यो भिडिओ देखेपछि दर्शकस्रोता तथा शुभचिन्तकले चिन्ता व्यक्त गरिरहेका छन्।
तीन वर्षअघि अमेरिका उडेकी दुरा चर्चित गायिका हुन्। तत्कालीन राजदरबारमा समेत गीत गाएकी उनका थुप्रै गीत लोकप्रिय छन्। जसमा छुट्यो मायाजाल, माझीदाइ पोखरा, जम्मु कस्मिरमा, हङकङ आइडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट पर्छन्।
Shares

प्रतिक्रिया