कला


४२ वर्षीया अभिनेत्री शेफाली जरीवालाको निधन, कारण अस्पष्ट

४२ वर्षीया अभिनेत्री शेफाली जरीवालाको निधन, कारण अस्पष्ट

फाइल तस्बिर: अभिनेत्री शेफाली जरीवाला


नेपालखबर
असार १४, २०८२ शनिबार १३:१४, काठमाडौँ

बलिउड अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ।

४२ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

तर मृत्युको कारण अझै स्पष्ट भएको छैन। उनी अन्धेरीको लोखण्डडवाला क्षेत्रमा बस्थिन्।

समाचार एजेन्सी पीटीआईका अनुसार शेफालीको शव पोस्टमार्टमका लागि कुपर अस्पताल पठाइएको छ।

यसैबीच अनुसन्धानका लागि फोरेन्सिक टोली उनको घरमा पुगेको छ।

शेफालीको मृत्युको खबरले टीभी र फिल्म जगत्‌का सेलिब्रेटीहरूले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

उनी 'काँटा लगा' म्युजिक भिडियोबाट चर्चामा आएकी थिइन्।

त्यतिबेला उनी इन्जिनियरिङ पढ्दै थिइन्। उनका बुबा चार्टर्ड अकाउन्टेन्ट थिए र आमा स्टेट बैंक अफ इन्डियामा काम गर्थिन्।

धेरैवटा म्युजिक भिडिओमा काम गरेकी उनी ‘मुझसे शादी करोगी’लगायतका केही फिल्ममा पनि देखिएकी थिइन्।

सन् २०२० मा शेफाली रियालिटी शो बिग बोसको १३औँ सिजनमा पनि देखिएकी थिइन्। जसमा शेफाली र सिद्धार्थ शुक्लाको जोडीलाई फ्यानहरूले धेरै मन पराए। उनले 'नच बलिये'जस्ता डान्स रियालिटी शोमा पनि भाग लिएकी थिइन्। यस कार्यक्रममा उनी पराग त्यागीसँग देखिएकी थिइन्।

शेफालीले धेरै अन्तर्वार्तामा किशोरावस्थामा आफूलाई मिर्गी रोग लागेको बताएकी थिइन्। यो एक स्नायु विकारको रोग हो। उनी लगभग एक दशकसम्म यसको उपचार गराइरहेकी थिइन्।

उनले आत्मविश्वास धेरै घटेको तर योग र फिटनेसमार्फत आफूलाई सम्हालेको बताएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad