नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले प्रदर्शनको ५१ दिन मनाएको छ।
यस अवसरमा निर्माण टिमले शनिबार ५१ औँ दिनको ‘सक्सेस सेलिब्रेसन’ आयोजना गरेको थियो। जहाँ निर्माणटिमसहित कलाकारहरूले केक काट्दै खुसी मनाए।
‘सक्सेस सेलिब्रेसन’ मा फिल्मका मुख्य कलाकार विपिन कार्की, मिरुना मगर, माओत्से गुरुङ, गायक सुजन तथा संगीतकार चापागाईंको उपस्थिति थियो।
लेखक समेत रहेका निर्देशक चौहानले फिल्मको पाएको सफलतामा दर्शकहरूप्रति आभार व्यक्त गरे। दर्शकहरूबाट पाएको मायाले आगामी दिनमा पनि अझ राम्रो काम गर्न प्रेरित गरेको उनको भनाइ छ।
यो फिल्म नेपालभरिका २५ भन्दा बढी हलमा प्रदर्शनरत छ। साथै यस फिल्मले घरेलु बक्सअफिसमा १० करोड बढीकफ ग्रस कलेक्सन गरिसकेको छ।
237
Shares

प्रतिक्रिया