फिल्म ‘हेरा फेरी ३’ मा अभिनेता परेश रावल फर्किएका छन्। रावल यस फिल्ममा अभिनय गर्ने पक्का भएको हो। उनी स्ववंले एक पडकास्ट आफू फिल्म खेल्न लागेको पृष्टि गरे।
केहीसमयअघि रावलले यो फिल्म छोडेको खबर बाहिरिएको थियो। उनले छाडेसँगै फिल्म निर्माणमा अन्यौलता थियो। उत्पन्न अन्योलको अन्त्य गर्दै उनले समस्या समाधान भएको बताएका हुन्।
रावलले निर्माता तथा अभिनेता अक्षय कुमारसँगको मतभेद मिलिसकेको र चलचित्रको छायांकन नियमित प्रक्रियामा अगाडि बढ्ने बताए। ‘सबै कुरा समाधान भइसकेको छ।अब सबैले मिलेर मिहिनेत गर्नुपर्छ,’ उनले भनेका छन्।
‘हेरा फेरी’को टिम एकदमै रचनात्मक रहेको समेत बताएका छन्। यसैले फेरि फिल्ममा जोडिन आफू तयार भएको उनको भनाइ छ।
परेशले ‘हेरा फेरी ३’ छाडेपछि यसका निर्माता समेत रहेका अक्षयले भारु २५ करोड क्षतिपूर्तिको माग गर्दै उनीविरुद्ध अदालतमा मुद्धा हालेका थिए। अक्षय स्वयंले एक अन्तर्वार्तामा परेशसँग चलिरहेको मुद्धा एकदमै गम्भीर रहेको र त्यो अदालतबाट सुल्झिने बताएका थिए।
अन्ततः लामो छलफलपछि परेश फिल्ममा फर्किएका छन्।
Shares

प्रतिक्रिया