केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर मुख्य पात्र केदारवरिपरि घुमेको छ।
टिजरमा उनी पुरानै डाइलग हल्का रमाइलो भन्दै फर्किएका छन्। केदार घिमिरेका भिन्न स्वरुप देखिने टिजर रमाइला संवादले भरिएको छ।
केदारसहित विल्सन विक्रम राई, वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका टिजरमा अटाएका छन्।
केदार घिमिरेलाई पोस्टरमार्फत् नै भिन्न स्वरुपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरुपमा प्रस्तुत गरेको छ। ‘माग्ने राजा’मार्फत केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन्।
आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्।
सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन्।
आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको सिनेमालाई आरआर फिल्मले वितरण गर्दैछ।
Shares

प्रतिक्रिया