कला


बल्छी धुर्बेले घोषणा गरे फिल्म ‘गोबर गणेश’, माघ १ गते रिलिज डेट

बल्छी धुर्बेले घोषणा गरे फिल्म ‘गोबर गणेश’, माघ १ गते रिलिज डेट

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८२ मंगलबार १२:२७, काठमाडौँ

कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले फिल्म ‘गोबर गणेश’ निर्माणको घोषणा गरेका छन्। एक पोस्टर सार्वजनिक गर्दैं फिल्मको घोषणासँगै प्रदर्शन मिति तोकिएको हो। यो फिल्म आगामी माघ १ गतेदेखि रिलिज हुनेछ। 

बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने फिल्मलाई श्रेष्ठले नै निर्देशन गर्नेछन्। चलचित्रका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन।

टेलिचलचित्रबाट मरिचमानले ठूलो पर्दामा आउन थालेका हुन् हुन्। ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए।

उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन्। मरिचमान आफैँ भने आफूले निर्देशन गर्ने चलचित्रमा अभिनय गर्नेछन् वा छैनन् केही खुलाएका छैनन्।

यस मुख्य चलचित्रको अभिनेत्रीमा वर्षा शिवाकोटी छिन्। यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ रहेकाछन् भने सीतादेवी तिमल्सिना र पुजन घिमिरे ९पुकु० पनि छन्। सीतादेवी हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन्। पुजन ‘हल्का रमाइलो’ सिरियलकी कलाकार हुन्। यद्यफि यसबारे निर्माणपक्षले केही बताएको छैन।

‘हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौँ। अहिलेलाई हामीले टाइटल एनाउन्स गर्दै रिलिज डेट लक मात्रै गरेका हौँ। हाम्रो चलचित्रको कथा के हो पनि हामी आगामी दिनमा खोल्दै जाने नै छौँ। तर, जनरा भने नामबाटै प्रष्ट भइसकेको छ, हामी हसाउन आउने हो। कमेडीको जगमा गोबर गणेश आउनेछ,’ निर्देशक मरिचमानले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad