आमिर खान अभिनीत बलिउड फिल्म ‘सितारे जमीन पर’ ले बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ। २० जुनबाट रिलिज भएको यस फिल्मले घरेलु बक्सअफिसमा १२६.४ करोड भारतीय रुपैयाँ कमाएको हो।
आरएस प्रसन्ना निर्देशित फिल्मले आफ्नो ११ औं दिन (सोमबार) घरेलु बक्स अफिसमा ३.७५ करोड रुपैयाँ कमाएको छ। दोस्रो सातामा पनि राम्रो अकुपेन्सी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
सितारे जमिन पर २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो। फिल्ममा आमिर खान र जेनेलिया डिसुजा मुख्य भूमिकामा छन्।
आमिर खानको होम प्रोडक्सनको यो फिल्म आरएस प्रसन्नले निर्देशन गरेका हुन्। खान र जेनेलिया बाहेक फिल्ममा अरुष दत्ता, गोपी कृष्णन वर्मा, वेदान्त शर्मा, नमन मिश्रा, ऋषि सहानी, ऋषभ जैन, ब्रिजेन्द्र कला र डली अहलुवालियाको पनि अभिनय छ।
Shares

प्रतिक्रिया