कला


‘यो मन त मेरो नेपाली हो’ विद्यालयका बालबालिकालाई देखाउँदा हुन्छ: पाठ्यक्रम विकास केन्द्र

‘यो मन त मेरो नेपाली हो’ विद्यालयका बालबालिकालाई देखाउँदा हुन्छ: पाठ्यक्रम विकास केन्द्र

नेपालखबर
असार १८, २०८२ बुधबार १३:१४, काठमाडौँ

नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेबाट प्रदर्शन आउँदै छ।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले निर्माण संस्थालाई एउटा पत्र प्रेषित गर्दै शुभकामना सन्देश पठाएको छ।

फिल्मलाई पठाइएको सन्देशमा यो फिल्म विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त रहेको उल्लेख गरिएको छ। 

‘पद्मा ईश्वर इन्टरनेट प्रालिद्वारा निर्मित नेपाली चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित चलचित्र हो। यस्ता प्रकृतिका समाजमा सकारात्मक प्रभाव पार्ने चलचित्रलाई राज्यका निकाय लगायत तथा सरोकारवाला समाजिक संघ–संस्थाले संरक्षण संवर्द्धन गर्नुपर्ने देखिन्छ। भविष्यका कर्णधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकोले विशेषतः विद्यालयस्तरका बालबालिकालाई यो चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई सरोकारवाला निकायको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ। देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नु भएकोमा निर्माण टिमलाइ विशेष धन्यवाद दिन ज्ञापन गर्छु,’ पत्रमा लेखिएको छ। 

यस फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार, देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय छ।

मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन्। अमेरिकामा रहेका साहित्यकार मित्र प्रधानको निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad