कला


शेफालीको निधनमा पूर्वपति सिंहले भने: सम्बन्ध विच्छेदपछि पनि हामीबीच राम्रो सम्बन्ध थियो

शेफालीको निधनमा पूर्वपति सिंहले भने: सम्बन्ध विच्छेदपछि पनि हामीबीच राम्रो सम्बन्ध थियो

नेपालखबर
असार १८, २०८२ बुधबार १३:२०, काठमाडौँ

बलिउड अभिनेत्री शेफाली जरीवालाको २७ जुनमा निधन भयो। उनको अचानक निधनले सबै स्तब्ध र दुःखी छन्। 

यसैबीच, उनका पूर्वपति हरमीत सिंहले शेफालीको मृत्युको बारेमा बोलेका छन्। र, उनले शेफालीसँगको अन्तिम कुराकानी पनि सम्झेका छन्।

विक्की लालवानीसँग कुरा गर्दै हरमीत सिंहले भने, ‘याद छ म लगभग दुईरतीन वर्षअघि एउटा कार्यक्रमको लागि बंगलादेश गएको थिएँ। सन्नी लियोन र शेफाली पनि त्यहाँ थिए। हामी तीन जना निजी विमानमा सँगै फर्कियौं। शेफाली र म सँगै बसेका थियौं। हामीले धेरै लामो कुराकानी गरेका थियौं।’

बिहे टुटेपनि आफूहरूले एकअर्कालाई सम्मान गर्ने उनको भनाइ छ। हरमीतले अगाडि भने, ‘विवाह टुटेपछि वा सम्बन्ध विच्छेद भएपछि पनि हामीले एकअर्कालाई सम्मान गर्यौं। हामी पार्टी वा कार्यक्रममा भेट्दा एकअर्कालाई धेरै राम्रोसँग स्वागत गर्थ्यौं। तर, शेफाली अब रहिनन् भन्ने तथ्य हृदयविदारक छ।’

हरमीत सिंहले शेफाली जरीवालाको मृत्युको खबरमा सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गरेका थिए। शेफाली जरीवालाले २००४ मा मीत ब्रदर्स जोडीका संगीतकार हरमीत सिंहसँग विवाह गरिन्। २००९ मा यो जोडीको सम्बन्ध विच्छेद भयो। त्यसपछि उनले २०१५ मा अभिनेता पराग त्यागीसँग विवाह गरिन्।

१९ वर्षको उमेरमा ‘काँटा लगा’ म्युजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी थिइन्, जसले उनलाई रातारात स्टार बनायो। यस गीतमा उनको बोल्ड लुक र नृत्य शैलीले दर्शक ध्यान खिचेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad